गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन
२०८२ चैत १८ गते

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गरेका छन् ।
मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिए ।
उनले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाए । गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराएका थिए ।
२०८२ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








