काँग्रेस अनुशासन समितिको बैठक आज १ बजे

काठमाडौं । नेपाली काँग्रेसको अनुशासन समितिको बैठक आज दिउँसाे १ बजे बस्ने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि काँग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको जानकारी दिए ।

‘नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १ः ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =