एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

काठमाडौँ । एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

लाओसको नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो ‘हाफ’सम्म प्रतिरक्षा गरिरहेको नेपालले दोस्रो ‘हाफ’मा गोल खायो । लाओसका कप्तान बोउनफचान बोन्कोंगले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिए ।

नेपालले गोल फर्काउन निकै प्रयास गरे पनि अन्ततः हार बेहोर्नुपर्‍यो । नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । समूह ‘एफ’मा नेपालले छ खेलबाट तीन अङ्क मात्र जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =