घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक दिनेश राउत पक्राउ
२०८२ चैत १७ गते

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक दिनेश राउतलाई नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार, प्रहरी वृत्त मालीगाउँमा कार्यरत राउतले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गरिदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ५ गहनापोखरीबाट रु. २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पक्राउका क्रममा उक्त रकमसहित एक थान मोबाइल पनि बरामद गरिएको आयोगले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
२०८२ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








