श्रममन्त्रीद्वारा ‘इपिए’को निरीक्षण

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा श्रमिकले अनावश्यक लाइनमा बस्नुपर्ने स्थिति हटाएर टोकन प्रणाली लागू गर्नुपर्ने, सुरक्षा व्यवस्थापन, बाटो व्यवस्थित गर्नेलगायत सुधार गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

“सेवाग्राहीलाई सेवा सहज र छिटो कसरी दिने भन्नेमा ध्यान दिनुपर्छ”, उनले भने “तत्कालै लाइन बस्नुपर्ने झन्झटलाई टोकन प्रणाली लागू गरी सहज बनाउन निर्देशन दिएको छु ।”

श्रमका लागि वैदेशिक रोजगारमा जानुपूर्व श्रमिकले लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई समेत ध्यानमा राखेर श्रमिकको हितमा काम गर्ने तयारी रहेको मन्त्री साहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =