एक दिन पनि टिक्न सकेन शिक्षा मन्त्रालयको निर्णय ! (भिडिओ)

काठमाडौँ । सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन् ।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एसइई सकेर कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित कक्षाहरू तत्काल रोक्ने निर्णय गरिएको स्पष्ट पारे ।
‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,’ मन्त्री पोखरेलले भने ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार विद्यालय तहदेखि उच्च शिक्षासम्मका सबै प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णयसहितको सूचना सार्वजनिक गरेको थियो ।
तर उक्त निर्णयप्रति ब्रिज कोर्स तथा ट्युसन सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान मन्त्रालयले सो सूचना आफ्नो वेबसाइटबाट हटाएको छ ।








