ओलीलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट दायर, सोमबार सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनाबाट मुक्त गर्न सर्वोच्च अदालतमा बंदी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

ओलीको श्रीमती राधिका शाक्यको तर्फबाट दायर गरिएको रिटमा पूर्वप्रधानमन्त्रीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख गरिएको छ । आज दर्ता भएको रिटमा बहस सोमबार हुने भएको छ ।

जेनजी आन्दोलनको क्रममा सार्वजनिक सुरक्षा उल्लंघनको मुद्दामा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते शनिबार पक्राउ गरिएको थियो ।

नेकपा एमालेले ओली र लेखकको गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रही भन्दै राजनीतिक र कानुनी दुवै दृष्टिले प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =