सहकारी ठगी प्रकरण: काठमाडौँ जिल्ला अदालतबाट रवि लामिछानेले बुझे तारेख
२०८२ चैत १५ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा आइतबार सहकारी ठगी प्रकरण सम्बन्धी तारेख बुझेका छन् ।
उनको सचिवालयका अनुसार लामिछाने अदालतमा उपस्थित भई प्रकरणका तारेख प्राप्त गरेका हुन् । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ठगी प्रकरणमा लामिछानेविरुद्ध ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिइसकेका छन् ।
०८१ पुस २१ मा दर्ता भएको मुद्दामा गोरखा मिडिया नेटवर्कले कानुन विपरीत सो सहकारीबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अपचलन गरेको आरोप लगाएको छ । सरकारी वकिलले उक्त रकम बिगो माग गर्दै दाबी गरेका थिए । लामिछाने हाल थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन् ।
रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।
२०८२ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








