पूर्वाग्रह र प्रतिशोधले पक्राउ गरियो, राजनीतिक र कानुनी लडाइँ लड्छु : लेखक
२०८२ चैत १४ गते

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । पक्राउ परे लगत्तै उनले आफूमाथि प्रतिशोध र पूर्वाग्रही भएको भन्दै त्यसको राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।
‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु, मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको छ । क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ । यस्तो कहिले हुँदैन’ उनले भनेका छन् ।
शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
२०८२ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








