प्रदीप परियार बने प्रधानमन्त्री बालेनको निजी सचिव, सचिवालयमा थप पाँच नियुक्त

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत परियारलाई प्रधानमन्त्रीको सचिवालयमा ल्याउने निर्णय गरिएको हो ।

शाह काठमाडौं महानगरपालिकाका मेयर हुँदा परियार प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भए पनि पछि उनले सफाइ पाइसकेका छन् ।

प्रधानमन्त्रीले निजी सचिवमा सहसचिव राख्ने अभ्यासअनुसार परियारलाई उक्त जिम्मेवारी दिन लागिएको हो । उनी युवा सहसचिवका रूपमा चिनिन्छन् ।

त्यस्तै, प्रधानमन्त्री शाहले आफ्नो सचिवालयमा कुमार व्यञ्जनकार, असिम शाह, सुदीप ढकाल, सुवास शर्मा र विवेक मिश्रलगायतलाई समेत नियुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =