प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री शाहले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।
राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । बालेन संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता साहले वैदिक विधिअनुसार शपथ लिएका हुन् । त्यस अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।








