‘आई एम जीतबहादुर’ को टिजर सार्वजनिक, बढायो उत्सुकता (भिडिओ)

काठमाडौँ । चलचित्र ‘आई एम जीतबहादुर’ को टिजर सार्वजनिक भएको छ ।

अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको चलचित्र ‘आई एम जीतबहादुर’ को बिहिबार टिजर सार्वजनिक भएको हो ।

यस चलचित्रलाई भारतका बंगाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा चलचित्रका केहि झलक मात्रै देखाइएको छ । जसकारण चलचित्र प्रति दर्शको उत्सुक्त बढाइदिएको छ । तर उक्त झलकहरूले फिल्मको विषयवस्तु भने खुलाएको छैन् ।

फिल्ममा जीतु नेपाल प्रमुख भूमिकामा छन् भने उनको जोडीको रूपमा अभिनेत्री बर्षा राउत रहेका छन् । साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका चिरपरिचित कलाकारहरूले समेत अभिनय रहेको छ ।

यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माता छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माता रूपमा सघाएका छन् ।

भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको यो फिल्म आउँदो वर्ष असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

हेर्नुहोस् भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =