बेनिशा हमाल पहिलोपटक रंगमञ्चमा, ‘सेतो धरती’बाट डेब्यु गर्दै

काठमाडौँ । अभिनेत्री बेनिशा हमालले पहिलोपटक नाटकमा अभिनय गर्ने भएकी छन् ।

कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको ‘सेतो धरती’ नाटकमा उनले पहिलोपटक अभिनय गर्न लागेकी हुन् ।

यो उनको डेब्यु नाटक हो । नाटकमा उनी तारा पात्रको भूमिकामा देखिने एकेडेमीले जनाएको छ ।

अहिले यस अनुसार नाटकको रिहर्सल चलिरहेको छ ।

‘सेतो धरती’ अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास हो । कान्तिपुर फिल्म एकेडेमीको यो चौथो नाटक हो । यसअघि एकेडेमीकै कान्तिपुर थिएटरमा ‘महारानी’, ‘शिरीषको फूल’ र ‘मिरा’ नाटक मञ्चन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =