सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले विविध कार्यक्रमहरूको आयोजना गरी नवौँ वार्षिक उत्सव मनाएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
साथै काठमाडौँ शान्तिनगर स्थित निसहाय सेवा सदनमा आहार बिहार मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गरिएको छ ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका अनुसार कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २२,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।








