एकै दिन सुनको मूल्य तोलामा १४ हजार ६ सयले बढ्यो
२०८२ चैत ११ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो समय लगातार घटिरहेको सुनको मूल्यमा आज एकै दिन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको हो ।
मंगलबारको तुलनामा आज बढेको सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ ।
आज चाँदी मंगलबारको तुलनामा ४१५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०८२ चैत ११ गते
प्रतिक्रिया








