राजस्थान रोयल्सको स्वामित्व खरिद, कल सोमेनी बने नयाँ मालिक

भारतीय प्रिमियर लिग (आईपीएल) अन्तर्गतको फ्रेन्चाइज राजस्थान रोयल्सको पूर्ण स्वामित्व अमेरिकी व्यवसायी कल सोमेनीले खरिद गरेका छन् । उनले झण्डै १.६ अर्ब अमेरिकी डलर (करिब २४० अर्ब नेपाली रुपैयाँ) मा टोलीको १०० प्रतिशत सेयर आफ्नो नाममा पारेका हुन् ।

टोली खरिदका लागि द टाइम्स ग्रुप समेत प्रतिस्पर्धामा रहेको भए पनि अन्तिम चरणमा सोमेनीको समूहले बाजी मारेको हो । सोमेनीले विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी वालमार्ट समेत सहभागी रहेको लगानी समूहको नेतृत्व गर्दै यो सम्झौता सम्पन्न गरेका हुन् ।

सम्झौताअनुसार उनले सन् २०२६ को आईपीएल सिजनपछि बेलायतस्थित मनोज बडाले नेतृत्व गरेको ‘इमर्जिङ मिडिया’बाट टोलीको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेछन् ।

अमेरिकाको एरिजोनाका ५० वर्षीय सोमेनी क्रिकेटका साथै गल्फ खेलप्रति पनि उत्तिकै आकर्षित छन् । उनी ‘मोटर सिटी गल्फ क्लब’ का संस्थापक सदस्यमध्ये एक हुन्, जसको सम्बन्ध गल्फका महान खेलाडी टाइगर वुड्स सँग जोडिएको बताइएको छ ।

उनका छोरा अर्जुन सोमेनी पनि अमेरिकाको जुनियर गल्फ क्षेत्रमा उदाउँदो प्रतिभाका रूपमा चिनिन्छन् । शिक्षा र खेलकुद दुवै क्षेत्रमा रुचि राख्ने सोमेनीले विभिन्न क्षेत्रका कम्पनीहरू स्थापना गर्दै आफ्नो व्यावसायिक प्रभाव विस्तार गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =