एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।

युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमका क्रममा सहभागीहरूलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४,००० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

ग्लोबल मनी वीक २०२६ को अवसरमा बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक र्‍यालीहरू पनि आयोजना गरेको छ ।

साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतना सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू समेत साझा गरेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८४ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =