इरानको ऊर्जा पूर्वाधारमाथिको आक्रमण ५ दिनका लागि रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् गृह र ऊर्जा संयन्त्रहरूमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि पाँच दिनसम्म स्थगित गर्न अमेरिकी सेनालाई निर्देशन दिएका छन् ।

सोमबार यस निर्णयको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो वार्ता अत्यन्तै राम्रो र फलदायी भएको बताए । सोही वार्ताको सकारात्मक परिणाम स्वरूप थप कूटनीतिक अवसर प्रदान गर्न उनले सैन्य कारबाहीलाई केही दिन पछि सार्ने निर्णय लिएको जानकारी दिएका हुन् ।

यसअघि दुई देशबीच तनाव बढ्दै जाँदा अमेरिकाले इरानी ऊर्जा क्षेत्रका रणनीतिक पूर्वाधारहरूलाई लक्षित गरी सैन्य प्रहार गर्ने तयारी गरेको थियो । तर पछिल्लो संवादमा भएको प्रगतिले युद्धको सम्भावनालाई तत्कालका लागि टारेको विश्लेषण गरिएको छ । ट्रम्पको यो कदमलाई मध्यपूर्वमा तनाव कम गर्ने एउटा महत्त्वपूर्ण पहलको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =