नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले स्वर दिएका छन् । त्यस्तै चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठसँगै सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

म्युनिक भिडियोको निर्देशन रञ्जित सिंह गाजमेरले गरेका हुन् भने चलचित्रका लेखक र निर्देशकमा तुलसी घिमिरे छन् । कार्यक्रममा बोल्दै घिमिरेले नयाँ पुस्ता र पुरानो पुस्ता एक आपसमा ठोक्किने र नयाँ पुस्ताले नयाँ कुरा सधैँ बोकेर हिँड्ने गरेको बताइन् ।

पुरानो पुस्ताबाट सिक्न पनि त्यत्तिकै आवश्यक रहेको उनले बताइन् । नेपालीहरु पलायन भएर गएकाहरु पहाड नै खोजेर बस्ने गरेको बताइन् ।

यो पहाडको कथामा यिनै मुख्य कुरालाइ देखाइएको बताइन् । देश बनाउने युवा नै चाहिने र देश बनाउने काम युवाकै भएको बताइन् ।

कार्यक्रमा बोल्दै अभिनेतृ पञ्चमी घिमिरेले पहाडको कथालाई चलचित्रमा देखाइएको बताइन् । पञ्चमीको यो डेब्यु चलचित्र समेत हो । चलचित्र नेपाली नयाँ वर्षको दिन देशभर सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =