युद्ध सुरु भएयता इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नष्ट

एजेन्सी । इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ ।

दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

‘इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । हामीसँग ठूलो अवरोध दरहरू छन्,’ इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीले पत्रकारहरूसँग भने ।

‘हामीसँग लगभग ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमा नै निष्क्रिय पारिएको छ,’ उनले थपे । शनिवार आक्रमण भएका शहरहरू मध्ये एक डिमोना रहेको छ, जुन इजरायलको अघोषित परमाणु शस्त्रागार भएको विश्वास गरिन्छ ।

उक्त क्षेप्यास्त्रको प्रभाव शहरको आणविक केन्द्रबाट पाँच किलोमिटरको दूरीमा रहेको थियो । नजिकैको अर्को शहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ ।

शनिवार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताए । इजरायली सेनाले शनिवार हमला रोक्न नसकेको घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।

‘हामीले विगतमा धेरै आक्रमणलाई आकाशमा नै विफल बनाएका छौँ र भविष्यमा पनि यो दर कायम रहने छ,’ शोशनीले भने । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिवार ‘निकै कठिन साँझ’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गरेका छन् ।

आइतबार उनले अरादको भ्रमण गरेका छन् । अरादबाट उनले शीर्ष इरानी अधिकारीहरूको खोजी जारी राख्ने प्रतिबद्धता गरे ।

‘हामी इरानको रिभोलुसनरी गाड्र्स, यो आपराधिक गिरोहलाई कारबाही गरिरहेका छौं,’ नेतान्याहूले घटनास्थलमा पत्रकारहरूसँग भने । ‘हामी व्यक्तिगत रूपमा उनीहरूको पछि लागेका छौँ, उनीहरूका नेताहरू, उनीहरूको प्रतिष्ठान, आर्थिक सम्पत्ति खोजिरहेका छौँ ।

इरानी आक्रमणमा तेल अभिभको व्यापारिक क्षेत्रमा आइतबार एक व्यक्ति घाइते भएका बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =