राप्रपाको निर्देशक समितिको अध्यक्षबाट डा.प्रकाशचन्द्र लोहनीको राजीनामा

काठमाडौं । प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

गत २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामप्रति आफू स्तब्ध भएको उल्लेख गर्दै उनले तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

राजीनामापत्रमा उनले महाधिवेशन सम्पन्न भएपछि मात्र आफू कुनै पदमा रहने स्पष्ट पारेका छन् ।

त्यसैगरी, पार्टीको नेतृत्व तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने पनि उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =