बालीमा परम्परागत हिलो स्नान महोत्सव

काठमाडाैं । बालीका मानिसहरूले इन्डोनेसियाको बादुङ रिजेन्सीको केडोङ्गनन गाउँमा मेबुग–बुगन नामको परम्परागत हिलो स्नान उत्सव मनाएका छन् । इन्डोनेसियाको पर्यटकीय टापु बालीमा हिन्दु धर्मावलम्बीहरूले आफ्नो नयाँ वर्षको अवसरमा विशेष परम्पराहरू पालना गर्ने गर्दछन् ।

यसै क्रममा न्येपी अर्थात् मौन दिवसको भोलिपल्ट मेबुग–बुगन पर्व मनाइन्छ । मेबुग–बुगनको मुख्य उद्देश्य मानिसभित्र रहेका खराब गुण र नकारात्मकतालाई हटाएर शुद्धीकरण गर्नु हो । स्थानीय बासिन्दाहरू शरीरभरि हिलो दलेर एकअर्कासँग रमाइलो गर्छन् । जसले गर्दा उनीहरूको मन र शरीर दुवै शुद्ध हुने विश्वास गरिन्छ ।

बालीको क्यालेन्डरअनुसार न्येपी दिवस एक पवित्र दिन हो जसले हिन्दु नयाँ वर्षको सुरुवात गर्दछ । यस दिन बालीभरि पूर्ण मौनता कायम गरिन्छ र कुनै पनि काम वा मनोरञ्जन गरिँदैन । त्यसको लगत्तै मनाइने यो हिलो स्नान पर्वले नयाँ वर्षको उत्साह र उमङ्ग थप्ने काम गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =