बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ

काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले सो चेतावनी दिएका हुन् । आफूले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उनले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए । ‘म आज एउटा सन्देश, एउटा अनरोध र एउटा चेतावनी अब आउने सरकारलाई म दिन चाहन्छु । कहीँकतै गुन्जिन्छ कि विद्यार्थी संगठनहरुलाई खारेज गर्ने भनेर एउटा मिडिया ट्रायल गरिरहेको हामीले सुनिरहेका छौ । म भन्न चाहन्छु–अब हुने प्रधानमन्त्री बालेन साहलाई भन्न चाहन्छु अव देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको सभापति रवि लामिछानेलाई भन्न चाहन्छु–विद्यार्थी संगठन एउटा भोलियन्टिर अर्गानाईजेशन हो’ उनले भने ।

अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले र्‍याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताए । ‘यो आवाजविहिनहरुको आवाज हो । यो चेतनाको एउटा प्रतिक हो । र बालेन साहजीलाई र्‍याप हान्न त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो । रवि लामिछानेजीलाई हिजो टिभी कार्यक्रम संचालन गर्न दिने, खुला मञ्चमा गएर भ्रष्टाचारीहरुको नाकको डाँडी भाच्ने भनेर बोल्ने त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो । सर्वोच्च अदालतले समेत नेपाल विद्यार्थी संघ चाहिन्ख्छ उसले विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर हामीलाई सर्वोच्चले् पनि मान्यता दिएको छ । त्यसैकारणले म भन्न चाहन्छु–आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला । त्यो आगोको ज्वालाले तपाईहरु भष्म हुनुहुन्छ’ उनले भने ।

अध्यक्ष शेर्पाले काँग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =