गगनको राजीनामाको विपक्षमा उभिए विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै शर्मा राजीनामाको विपक्षमा उभिएका हुन् ।

सभापति थापाले आज बिहान पदबाट राजीनामा दिएपछि उपसभापति शर्माले नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि अहिलेको प्रमुख दायित्व भनेको परिस्थिति सम्हाल्नु भएको बताएका छन् ।

उनले बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेस हुने जानकारी दिए।

डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसङ्गत नहुने उनले बताए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन मा कांग्रेसले ३८ सिटमा मात्रै जित हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =