जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल

एजेन्सी । खाडी सहयोग परिषद् (जिसिसी) का महासचिव जसेम मोहम्मद अलबुदैवी र खाडी क्षेत्रका लागि युरोपेली युनियन (इयु) का विशेष प्रतिनिधि लुइगी डि माइओले जीसीसी मुलुकहरूमा भएको गम्भीर इरानी आक्रमणहरूबारे छलफल गरेको जनाइएको छ ।

उनीहरुबीच आक्रमणले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतरा खडा गरेको बारेमा विशेष छलफल भएको जनाइएको छ ।

छलफलमा आक्रमणले नागरिकको सुरक्षा र जीवन यापनका लागि प्रत्यक्ष खतरा उत्पन्न गरी ज्यान गुमाउन बाध्य पार्नु का साथै भौतिक क्षतिसमेत पुर्याएको विषयमा ध्यानाकर्षण गरेको जनाइएको छ ।

अलबुदैवीले आपूर्ति शृङ्खलाको सुरक्षा र विश्वव्यापी ऊर्जा बजारको स्थिरता सुनिश्चित गर्न क्षेत्रीय हवाई क्षेत्र, समुद्री लेन र होर्मुज र बाब एल–मन्डेबको स्ट्रेटसहितमा स्वतन्त्रता कायम राख्न महत्त्वपूर्ण रहेको बताएका छन् ।

खाडी क्षेत्रका लागि ईयू विशेष प्रतिनिधिले आफ्नो तर्फबाट जीसीसीसँग ईयू सदस्य राष्ट्रहरूको एकता पनि व्यक्त गरेका छन् । उनले खाडी सहयोग परिषद्का राज्यहरू विरुद्ध बारम्बार भएको इरानी आक्रमण, क्षेत्रको सुरक्षा र स्थिरतामा आक्रमणले पारेको नकारात्मक प्रभावको समेत कडा निन्दा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =