घुसकाण्डमा चौरजहारीका मेयर वादीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको सेवा करार अवधि थप र नवीकरण गरिदिने भन्दै मेयर वादीले रु १ लाख घुस लिएको आरोप छ। उक्त रकम बैंक खातामार्फत जम्मा गरिएको पाइएको छ ।

अनुसन्धानबाट आरोप पुष्टि भएपछि वादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै, घुस दिएको आरोपमा मोहन शाहविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =