रवि-बालेनलाई समापनअघि अभिमुखीकरणमा ल्याउने प्रयास हुँदैछ: उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तालिमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उपस्थित भएका छैनन् ।

उद्घाटन समारोहमा बोल्ने क्रममा उपसभापति डीपी अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।

उनले दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित हुन नसकेको जानकारी दिए ।

‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो । समापनअघि उपस्थित गराउने प्रयास गराउने छौँ ।’ उनले भने ।

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरू सहभागी रहेका छन् । रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२ सिट जितेको थियो । आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ ।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =