नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छः सुजाता कोइराला
२०८२ चैत २ गते

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताएकी छन् ।
पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताएकी हुन् ।
नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याइन् ।
उनले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् । नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् । पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।
२०८२ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित









