कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग ५ लाख धरौटी माग
२०८२ चैत २ गते

काठमाडौं । अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश जारी गरेको हो । न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगका अनुसार गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका बेला चालिसेले अकुत सम्पत्ति आर्जन गरेको आरोप छ। चालिसे नेपाली कांग्रेसका पूर्वसांसद समेत हुन् ।
२०८२ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








