कांग्रेस बारा सभापति राजेश राय यादवसहित १६ जनालाई कारबाही सिफारिस

काठमाडौं । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको छ ।

बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनालाई कारबाही गर्न पार्टी केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरेको हो ।

क्षेत्रीय सचिव राजेश भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निर्वाचनमा असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही सिफारिस गरिएको हो ।

क्षेत्रीय कार्यसमितिले केन्द्रमा पठाएको पत्रमा जिल्ला सभापति यादवले आफ्ना नातेदार तथा निकटका नेता–कार्यकर्तालाई परिचालन गरी उम्मेदवार मन्सुरलाई निर्वाचनमा पराजित गराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएका सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरिएको छ ।  क्षेत्रीय कार्यसमितिले उक्त सिफारिसबारे आवश्यक छानबिन गरी पार्टी विधानअनुसार कारबाही गर्न केन्द्रीय नेतृत्वसँग माग गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =