दुबई एयरपोर्ट नजिक ड्रोन आक्रमण, फ्लाई दुबईका सबै उडान स्थगित

काठमाडौं । वायु सेवा कम्पनी फ्लाई दुबईले तत्कालका लागि दुबईसम्म तथा दुबई हुँदै अन्य गन्तव्यतर्फ हुने आफ्ना सबै उडान स्थगित भएको जनाएको छ ।

कम्पनीले सोमबार सूचना जारी गर्दै यात्रुहरूलाई हालका लागि एयरपोर्ट नआउन आग्रह गरेको छ ।

सोमबार यात्रा गर्ने तयारीमा रहेका ग्राहकलाई कम्पनीले आफ्नो आधिकारिक वेबसाइट flydubai.com मार्फत बुकिङ सार्न तथा यात्राबारे अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ ।

यसैबीच, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इरानले ड्रोन आक्रमण गरेको भन्दै विमानस्थल अवरुद्ध भएको जानकारी दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’मार्फत दिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उक्त ड्रोन आक्रमणका कारण विमानस्थल नजिक रहेको एक इन्धन ट्याङ्की प्रभावित भएको थियो । आक्रमणपछि विमानस्थल आसपास क्षेत्रमा आगलागीसमेत भएको जनाइएको छ ।

घटनापछि सुरक्षा सतर्कता बढाउँदै दुबई प्रहरीले विमानस्थलतर्फ जाने केही मुख्य सडकहरू बन्द गरेको जनाएको छ। प्रहरीका अनुसार एयरपोर्ट रोड, एयरपोर्ट टनेल, कार्गो भिलेज मराकेश स्ट्रिटबाट विमानस्थलतर्फ जाने चोकहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

अधिकारीहरूले अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको बताएका छन् । यात्रुहरूलाई आधिकारिक सूचना नआएसम्म एयरपोर्टतर्फ नजान आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =