ज्ञानेन्द्र मल्ले भने, ‘म टीममा रहूँ या नरहूँ, देशले हार्नु हुँदैन’ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बन्ने चर्चाका बिच अन्तिम सूचीमा नपरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफूले हारे पनि देशले हार्न नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू हारे पनि देशले जित्नुपर्ने बताएका हुन् ।

मल्लले खेलकुदमा जस्तै राजनीतिमा पनि व्यक्तिगत रेकर्डभन्दा टिमको जित अर्थात् जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्य प्रमुख हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘क्रिकेटबाट मैले सिकेको कुरा ‘मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन ।’ खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ । त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार–जित भन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =