सर्वोच्चले एमाले सचिव महेश बस्नेतसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतसँग लिखित जवाफ माग गरेको छ ।

मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले बस्नेतसँग लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

बस्नेतविरुद्ध गत बुधबार अदालतमा अवहेलनाको मुद्दा दायर भएको थियो । मुद्दा जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी विषयमा न्यायाधिशहरूविरुद्ध अभिव्यक्ति दिएका कारण दायर भएको हो ।

अधिवक्ता लबन न्यौपानेले सर्वोच्चमा विचाराधीन मुद्दामा धारणा राखेको भन्दै एमाले सचिव बस्नेतविरूद्ध मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =