कांग्रेसले छान्यो २० जना समानुपातिक सांसद, को–को परे ?(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सूची पेश गरेको छ ।

कार्यसम्पादन समितिको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले १५ महिला पुरुषको सूची आयोगमा पठाउने निर्णय भएको जानकारी दिएका हुन् ।

खस–आर्य क्लष्टरबाट पुरुषतर्फ अर्जुननरसिंह केसी कालीबहादुर सहकारीको नाम पठाइएको छ । यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती सीता थपलियाको नाम समावेश गरिएको छ ।

पार्टीका एक शीर्ष नेताका अनुसार खस–आर्य क्लष्टरबाट दुई पुरुष राख्न नमिल्ने अवस्था आएमा सोही क्लष्टरबाट महिलातर्फ गंगा शाहीलाई समेट्ने गरी सूची पठाइएको छ ।

आदिवासी जनजाति क्लष्टरमा महिलातर्फ गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ रेनुका काउचाको नाम निश्चित गरिएको छ ।

यसै क्लष्टरमा पुरुषतर्फ भिष्मराज आङ्देम्बे मदनकृष्ण श्रेष्ठ (अपांग) को नाम पठाइएको छ । महिलाको संख्या अपुग भएमा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर पाउने बताइएको छ ।

थारु क्लष्टरबाट प्रमिलाकुमारी गच्छदारको नाम सिफारिस गरिएको छ। दलित क्लष्टरमा हरिनादेवी कामी, पवित्रा विक मनमाया विश्वकर्मा परेका छन् ।

मधेशी क्लष्टरमा महिलातर्फ निनुकुमारी कर्ण रेखाकुमारी यादव तथा पुरुषतर्फ चन्द्रमोहन यादवको नाम सिफारिस गरिएको छ ।

मुस्लिम कोटामा शाहजान खातुनको नाम समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =