अब बन्ने सरकारले शपथअघि जेनजी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

काठमाडौं । जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छन् ।

उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरिन् ।

अब बन्ने सरकारले शपथ लिनुअघि जेनजी पुस्तासँग संकल्पन गर्नुपर्ने उनको भनाइ छ । उनले राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताइन् । ‘एउटा महत्वपूर्ण कुरा के हो भने अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ग्यारेन्टी चाहीँ हामीलाई दिनुपर्छ । उनीहरुले शपथ ग्रहण गर्नु अगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ होला कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस् । जनताका छोराछोरी मार्न पाइँदैन’ उनले भनिन् ।

बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताइन् । उनले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन् । ‘जतिसुकै शक्तिशाली सरकार भएपनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ । अरु त समयक्रमसँगै परिवर्तन हुने कुराहर हुन् । उहाँहरुले सुशासनका कुरा बुझ्नुभएको छ । त्यसैले आशावादी रहँदै खबरदारीपूर्ण समर्थन गर्छौँ’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =