राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।

बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा केहीबेर अघि शुरु भएको हो । बैठकले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने बताइएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी हो ।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =