बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता थापाको निधन
२०८२ फागुन २८ गते

गण्डकी । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।
उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
पार्टी बैठकमा आज बोल्ने क्रममा ढलेका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो ।
थापाले यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालीसकेका छन् ।
२०८२ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








