महालक्ष्मी विकास बैंकद्धारा २ दिने कार्यशाला तथा दिगो बैकिङ्ग प्रबद्र्धनका लागि पदयात्रा सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रवर्द्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचन पछिको सकारात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सृजना हुन सक्ने आर्थिक चुनौतीहरूको समेतको विश्लेषण गरेको छ ।

बैकिङ्ग क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिक रूपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

साथै उक्त कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =