खुलेन काठमाडौं उपत्यकाको मौसम, प्रदुषण झनै बढ्यो (तस्बिरहरू)

काठमाडौं । देशका अधिकांश भागमा पछिल्ला केही दिनदेखि मौसम खुलेको छैन ।

स्थानीय हावा र वायु प्रदूषणका कारण काठमाडौं उपत्यका पनि तुवाँलोले ढाकिएको छ । मौसमविद्का अनुसार हालको मौसमी अवस्था देशका विभिन्न भागमा देखिएका वन डढेलोको परिणाम हो । यो तुवाँलो हटाउन तीव्र हावा वा भारी वर्षा आवश्यक पर्छ ।

केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान १० बजे काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २१३ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली रहेको छ ।

प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =