गोकुल बास्कोटा भन्छन्ः समयमै सुध्रिएनौं भने डाइनोसर बनिएला !

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयमै सुधार नभए पार्टी डाइनोसर बन्न सक्ने चेतावनी दिएका छन् । उनले पार्टीभित्र आत्मसमिक्षा आवश्यक रहेको बताएका छन् । ‘समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त ? डोन्ट वरी !’ उनले भने ।

सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीभित्र पुनरावलोकन र पुनर्संरचनाको आवश्यकता औँल्याएका छन् । ‘नोस्टाल्जिक हुने गरी पार्टी जीवनका उकाली–ओरालीको फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन, रि–थिङ्क, रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्छ’ उनले भने ।

उनले विगतको सङ्गठनात्मक संरचनाप्रति सङ्केत गर्दै ‘पिरामिड थियो, फुली थप्न सोली बनायौं’ भन्दै पार्टीभित्रको संरचना र नेतृत्वप्रतिको धारणा बदलिएको अनुभूति व्यक्त गरेका छन् ।

बास्कोटाले आफूलाई लोकप्रिय ठानिएको तर अन्ततः ‘नेताको मात्रै प्रिय’ भएको अनुभूति भएको भन्दै व्यङ्ग्य गरेका छन् । ‘लोकप्रिय छौँ भनेको नेताको मात्रै प्रिय भइएछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =