निर्वाचनपछि फिल्म सेटमा फर्किइन् निशा अधिकारी
२०८२ फागुन २४ गते

काठमाडौँ । अभिनेत्री निशा अधिकारी फिल्म ‘कस्तुरी’ को छायांकनमा व्यस्त भएकी छन् ।
चुनावी नतिजा आएको भोलिपल्टै (शनिवार) उनी फिल्मको छायांकन सेटमा फर्किएकी हुन् ।
‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेकी उनले अपेक्षित नतिजा भने हासिल गर्न सकिनन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सेयर गर्दै आफूलाई चुनावसम्म पर्खेर बसेको फिल्म टिमप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
फिल्म ‘कस्तुरी’ मा अभिनेता निखिल उप्रेतीसँग निशाले स्क्रिन सेयर गर्दैछिन् ।
उनले लेखेकी छन् ‘मेरो पहिलो फिल्मको को–स्टार भएकाले होला, निखिल उप्रेती दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन् । पहिलो फिल्मको पहिलो को–स्टार, अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ ।’
२०८२ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








