कस्ताे रहन्छ आजकाे माैसम ?

काठमाडाैं । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो आंशिक बादल लाग्नेछ । राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी  तथा हिमाली भू–भामामा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी तथा हिमाली  भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र बागमती प्रदेशको  पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =