हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने

अदानचुली । जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र उम्मेदवारबीच सर्वदलीय बैठक बसेपछि अहिले ७ः४५ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

सर्वदलीय बैठक बिहान ११ः०० बजे बस्ने गरी बोलाइएको भए पनि ढिलाइ भएपछि दिउँसो ३ः०० बैठक बसेको थियो ।

उक्त बैठकले ७ः४५ बजेदेखि हुम्लाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण तयारी पूरा भएको उहाँले बताए । आज बिहान छ वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत र अन्य ५९ मतदान केन्द्रका मतपेटिका स्थलमार्ग भएर राति नै मतगणनास्थलमा ल्याइसकिएको उनले जानकारी दिए । उनका अनुसार हुम्लामा ३४ हजार ३७२ मतदाता भएपनि २२ हजार ४६७ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =