मोरङ–२ मा मतगणना चलिरहेका बेला रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
२०८२ फागुन २२ गते

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि तथा पार्टीका जिल्ला सदस्य दुर्गा रेग्मीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मतगणना स्थलबाट खाना खान बाहिर गएका बेला रेग्मी अचानक ढलेका थिए । खाना खाइरहेकै स्थानमा उनको मृत्यु भएको एसपी कट्टुवालले जानकारी दिए ।
प्रारम्भिक जानकारी अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित









