मुलुकभर मतदान जारी, शीर्ष नेताहरूले खसाले भोट (तस्बिरहरू)
२०८२ फागुन २१ गते

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तगर्त मुलुकभर मतदान सुरु भएको छ ।
बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अपराह्न ५ बजेसम्म भोट खसाल्न पाइनेछ ।
आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।
आज बिहानैदेखि विभिन्न राजनीतिक दलका प्रमुख नेतृत्वसहितका नेताहरूले पनि मतदान गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की, नेकपाका संयोजक पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, रास्वपाका सभापति रवि लामिछाने, बालेन शाह लगायतका नेता तथा उम्मेदवारले पनि मतदान गरिसकेका छन् ।




२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








