महोत्तरीमा स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट
२०८२ फागुन २१ गते

महोत्तरी । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माकाअनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि गए राति निर्घात कुटपिट गरेको हो ।
स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरमा उपचार भइरहेको छ । आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेकाे र आफूहरूले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए ।
घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरूको खोजी जारी छ ।
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








