चितवनमा भोट हालेर रुकुम पूर्व ओर्लिने प्रचण्डको तयारी
२०८२ फागुन २० गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानकै दिन जिल्ला आइपुग्ने भएका छन् ।
आफ्नो स्थायी ठेगाना रहेको चितवनमा मतदान गरिसकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व ओर्लिने कार्यतालिका तय भएको हो । चितवनमा मताधिकार प्रयोग गरेपछि दाहाल बिहान ११ बजेभित्रै रुकुम पूर्व पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
उनको साथमा छोरी गंगा दाहालसहित ५ जनाको टोली रहने पार्टीका चुनावी प्रचारप्रसार प्रमुख गणेशमान पुनले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा मतदानलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
२०८२ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित









