मोरङ–६ मा डा.शेखर कोइरालालाई विभिन्न दलका उम्मेदवारको समर्थन

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उम्मेदवारहरूले आफू निष्क्रिय बस्ने तथा प्रत्यक्षतर्फ सहयोग गर्ने निर्णय गरेका छन् ।
उनीहरूले प्रत्यक्ष निर्वाचनमा कांग्रेस उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ भने आफ्नै दललाई मत हाल्ने निर्णय सार्वजनिक गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कोइरालालाई सघाउने घोषणा गरेका छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका उम्मेदवार राम खत्रीले पनि कोइरालालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले निर्वाचन आयोगमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।








