धादिङमा एमाले र कांग्रेसका ३३ कार्यकर्ता नेकपामा प्रवेश

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गोगनपानीमा एमाले र कांग्रेससँग आबद्ध ३३ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा राजेन्द्र तामाङ, सविन तामाङ, सुकमान तामाङ, रविन तामाङ, ईश्वर तामाङ, ज्ञानकुमारी तामाङ, विमला तामाङ, विशाल तामाङ, पद्मबहादुर तामाङ, दुर्गा वि. तामाङ, श्याम वि. तामाङ, राजा बाबु तामाङ, सन्त वि. तामाङ, प्रेम तामाङ, अंक वि. तामाङ, निर्जला वि.क. स्याले, किरण तामाङ, सन्देश तामाङ, मिलन लामा, सुभाष लामा, कृष्ण वि. तामाङ, सवित्री तामाङ, हिरा तामाङ, बाबिता तामाङलगायत रहेका छन् ।
नवप्रवेशीहरूलाई नेकपा उम्मेदवार राजेन्द्र पाण्डे तथा निर्वाचन परिचालन कमिटीका संयोजक शालिकराम जम्कट्टेलले खादा ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले चुनावको मुखमा भएको यो प्रवेशले धादिङ–१ मा एमाले र कांग्रेसलाई झड्का लागेको दाबी गरे । उनले आफ्नो जित थप मजबुद बन्दै गएको पनि उल्लेख गरे ।
नेकपाले पछिल्लो समय विभिन्न वडाबाट पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ । स्थानीय तहदेखि संघीय निर्वाचन क्षेत्रसम्म संगठन विस्तारमा जोड दिइएको पार्टीको भनाइ छ ।








