रौतहटको सडकछेउमा भेटियाे शंकास्पद वस्तु, डिस्पोज गर्दा माटाेकाे थुप्राे

वीरगन्ज । रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।

सडकछेउमा शङ्कास्पद वस्तु ड्रम राखिएको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए । उनका अनुसार ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको ड्रम देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको उनको भनाइ छ । गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा माटोको थुप्रो भेटिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =